सार्वजनिक सूचना: अन्तिम ताकेता

आदरणीय सेवाग्राही महानुभावहरू,

बिमल फार्मेसीले विगत लामो समयदेखि मानवीय सेवालाई सर्वोपरी ठानी बिरामीहरूको सहजताका लागि विश्वासको आधारमा उधारो (Credit) सुविधा उपलब्ध गराउँदै आएको सर्वविदितै छ। तर, केही व्यक्तिहरूले बारम्बारको फोन, म्यासेज र पत्राचारलाई बेवास्ता गरी बक्यौता रकम भुक्तानी नगरेको पाइएकाले यो अन्तिम सार्वजनिक सूचना जारी गरिएको छ।

कारबाही सम्बन्धी जानकारी:

यो सूचना प्रकाशित भएको मितिले सात दिनभित्र सम्पर्क गरी हिसाब राफसाफ नगरेमा हामी निम्न बमोजिमको कानुनी प्रक्रिया अगाडि बढाउन बाध्य हुनेछौं:

  • सम्बन्धित व्यक्तिको फोटो र बक्यौता विवरण सामाजिक सञ्जाल (Facebook) मार्फत सार्वजनिक गरिनेछ।
  • स्थानीय वडा कार्यालय, जिल्ला प्रशासन र प्रहरी कार्यालयमा असुल उपरका लागि निवेदन दिइनेछ।
  • कानुनी प्रक्रियामा जाँदा लाग्ने थप जरिवाना र खर्च सम्बन्धित व्यक्तिले नै बेहोर्नुपर्नेछ।

"आफ्नो इज्जत र सामाजिक प्रतिष्ठाको ख्याल गरी तुरुन्त डिजिटल माध्यमबाट भुक्तानी गर्नुहोस्।"

यहाँ स्क्यान गरी भुक्तानी गर्नुहोस्

Fonepay QR

Fonepay / eSewa

NepalPay QR

NepalPay QR