विमल फार्मेसी

तपाईंको स्वास्थ्य, हाम्रो प्राथमिकता

📢 अत्यन्त जरुरी सूचना (URGENT NOTICE) 📢

विषय: बाँकी बक्यौता (Credit) रकम भुक्तानी सम्बन्धमा।

नेपाल तथा भारतका समस्त आदरणीय ग्राहक महानुभावहरू,

विगतमा तपाईंहरूको स्वास्थ्य समस्या र अस्पतालको खर्चले गर्दा परेको आर्थिक संकटलाई बुझेर, हामीले मानवीय धर्म सम्झी विश्वासका साथ औषधीहरू उधारो (Credit) मा उपलब्ध गराएका थियौं। हामीले कसैलाई पनि पैसाको अभावमा औषधी नपाएर फर्कनु नपरोस् भन्ने चाह्यौं।

तर दुःखको कुरा, समस्या टरेपछि र बिरामी निको भएपछि धेरैजसो महानुभावहरूले लामो समय बित्दा पनि उक्त रकम भुक्तानी गर्नुभएको छैन। तपाईंहरूको यो बेवास्ता र सम्पर्कविहीन हुने प्रवृत्तिले गर्दा हामीलाई फार्मेसी सञ्चालन गर्न र वितरकहरूलाई भुक्तानी गर्न अत्यन्त कठिनाइ भइरहेको छ।

अतः यो सूचना प्रकाशित भइसकेपछि, जस-जसको रकम तिर्न बाँकी छ, कृपया आफ्नो नैतिकता र इमान्दारिता देखाई तलको QR Code स्क्यान गरी वा सिधा सम्पर्क गरी यथाशिघ्र भुक्तानी गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।

तलको QR स्क्यान गरी भुक्तानी गर्नुहोस्:

Payment QR Code

ESEWA / FONEPAY / BANK TRANSFER

सिधा सम्पर्क: +९७७-५६-५९३२८८